आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाले गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने शाखाका एजेन्सीहरुलाइ सम्मान गरेको छ ।
बुधबार भएको कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने एजेन्सीहरुलाई सम्मान र बागलुङ शाखाबाट ३ पटक एमडिआरटि भै बिमा कार्यक्रममा अस्ट्रेलिया भिजा लागेका सोमराज पाठकलाई बधाई तथा यात्रा सफलताको शुभकामना व्यक्त गरिएको बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले नयाँ विश्वलाई बताइन् ।
यो अर्थिक वर्षमा कसरी सृजनशिल ढंगले बिमा व्यवसाय गर्ने भन्ने सम्बन्धमा शाखाका एमडिआरटि, चिफ एजेन्सी, सिनियर एजेन्सी र एजेन्सीहरु बीच अन्तरक्रिया पनि भएको थियो ।
कार्यक्रममा एरिया प्रमुख कृष्ण पौडेलले आईएमई लाईफ इन्स्योरेन्स व्यक्तिको जोखिम न्युनिकरणको लागि ल्याएको नयाँ नयाँ सेवाको बारेमा जानकारी दिनु भएको थियो ।कार्यक्रम संचालन आईएमई लाईफ इन्स्योरेन्स बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले गरेकी थिइन् ।














































































































































































































