१८ भाद्र २०८३, बिहीबार

 

नगर प्रमुख श्रेष्ठद्वारा राधाकृष्ण मन्दिरको प्रवेश द्धारको उद्घाटन

नगर प्रमुख बसन्त कुमार श्रेष्ठले राधाकृष्ण मन्दिरको प्रवेश द्धारको उद्घाटन गर्नु भएको छ ।बागलुङ नगरपालिका वडा नं ३ राधाकृष्ण टोलमा रहेको राधाकृष्ण मन्दिरमा अनुजा भारी कर्माचार्यको स्मृतिमा निर्माण भएको प्रवेश द्धारको श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा निवासी निलेश कर्माचार्यको श्रीमती तथा निर्मल प्रसाद कर्माचार्य र सरिता कर्माचार्यको बुहारी अनुजा भारी कर्माचार्यको अष्ट्रलियामा क्यान्सरको कारण निधन भएको थियो ।अनुजा भारी कर्माचार्य बागलुङ नगरपालिका वडा नं ३ नारायण चोक निवासी हाल काठमाडौं,कुलेश्वर बस्नु हुने सम्पूर्ण नारायण भारी र संगम भारीको छोरी हुन् ।

प्रवेश द्धार निर्माण गर्न ९ लाख रुपैयाँ लागत लागेको राधाकृष्ण मन्दिर सेवा समिति,बागलुङका अध्यक्ष रमेश कुमार राजभण्डारीले बताउनु भयो । राधाकृष्ण मन्दिर सेवा समिति,बागलुङले थप १६ लाख खर्च गरेर राधाकृष्ण भगवानको मुर्ति राख्नुको साथै सिमेन्ट लगाएर रंगरोगनको काम समेत भएको सचिव उपाध्यायले जानकारी दिनु भयो ।

नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरको मन्दिर र संस्कृतिको संरक्षण र विकासको लागि सबै लाग्नु पर्ने बताउनु भयो । सुन्दर बागलुङ नगर निर्माण एउटा चुनौतिपूर्ण काम भएकोले यसमा सबैको योगदान आवश्यक भएको नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।

कार्यक्रममा सहयोदाता निर्मल प्रसाद कर्मचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा सहयोदाता निर्मल प्रसाद कर्मचार्यलाई दोसल्ला र सम्मान पत्रद्वारा प्रमुख अथिति नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सम्मान गर्नु भएको थियो ।

कार्यक्रम राधाकृष्ण मन्दिर सेवा समिति,बागलुङका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता, सल्लाहकार देव बहादुर श्रेष्ठले स्वागत र सचिव हरि प्रसाद उपाध्यायले संचालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung