१८ भाद्र २०८३, बिहीबार

 

विजयको प्रतिक बडादसैँको मुख्य दिन आज ११ः५१ बजे टीकाको शुभसाइत

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिकजमरा लगाइँदै

 दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तमरहेको जनाएको

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिकाअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए  

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र उत्साहशक्ति प्राप्त हुनेशास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ‘, उनले भने  

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ आश्विन शुक्लदशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेरमनाइन्छ

आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवंसमितिका सदस्य प्रा डा देवमणि भट्टराई टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता

चन्द्रमालाई दाहिने सम्मुखपार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए टीका लगाइमाग्ने लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्मचन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung