आजबाट सुरु भएको नेपाल संवत् ११४३ को बागलृुङ बजारमा भव्य स्वागत गरिएको छ। न्हू दँ मूल आयोजक समिति बागलुङले नेपालको मौलिक सम्वत् नेपाल संम्वत्को आज पहिलो दिन नयाँ वर्षलाई विविध कार्यक्रम गरी मनाएको हो ।
नारायण चोकबाट निकालिएको झाँकीसहितको र्यालीले बागलुङ बजारको मुख्य मुख्य चोकहरु परिक्रममा गरेको थियो ।कार्यक्रममा शिक्षा,धर्म,नारि शसक्तिकरण र सामाजिक सेवामा उल्लेखनिय कार्य गरे बापत शिक्षासेवी तथा समाजसेवी ईश्वर बज्राचार्य र मनमाया श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा निर्वाचित बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, बानपा २ का वडा सदस्य विदेश कुमार श्रेष्ठ र बानपा १४ का वडा सदस्य सुनीता श्रेष्ठलाई सम्मान गरिएको थियो ।
न्हू दँ ११४३ को उपलक्ष्यमा शंखधर बहुमुखी सहकारीले प्रकाशित गरेको क्यालेण्डरको सार्वजनिक कार्यक्रममा प्रमुख अथिति बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, न्हू दँ मूल आयोजक समितिका संयोजक मुकेशचन्द्र राजभण्डारी र शंखधर बहुमुखी सहकारीका अध्यक्ष रतन प्रसाद मलेपतीले गर्नु भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नेपाल संम्वत्लाई सरकारले दैनिक जिवनमा प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । नेवारी धर्म,कला,साहित्य र संस्कृतिमा पूर्णंजागरण ल्याउन र पुराना मौलिक घरहरुको संरक्षण गर्न बागलुङ नगरपालिका सहकार्य गर्न इच्छु्क रहेको बताउनु भयो ।
कार्यक्रममा शंखधर बहुमुखी सहकारीका अध्यक्ष रतन प्रसाद मलेपती, ज्ञानोदय बुद्ध विहार बागलुङका पूर्वअध्यक्ष तथा सम्मानित व्यक्तित्व ईश्वर बज्राचार्य, नेवा मिसा दबु,बागलुङका कार्यवाहक अध्यक्ष तथा सम्मानित व्यक्तित्व मनमाया श्रेष्ठ र न्हू दँ मूल आयोजक समितिका संयोजक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम न्हू दँ मूल आयोजक समिति बागलुङका संयोजक मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता स्वागत न्हू दँ मूल आयोजक समिति बागलुङका सहसंयोजक तथा ज्ञानोदय बुद्ध विहार बागलुङका अध्यक्ष लिलाम्बर बज्राचार्यले र संचालन न्हू दँ मूल आयोजक समिति बागलुङका सचिव सुदिप राजभण्डारीले गरेका थिए ।




















































































































































































