५ जेष्ठ २०८१, शनिबार

 

१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न

१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बागलुङमा मनाइएको छ ।बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखा बागलुङको आयोजनामा १९ औं महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका समाजमा सकारात्मक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुले समुदायमा ठूलो भूमिका खेलेको बताउँदै महिला तथा बालबालिकाको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिदै आएको बताउनु भएको थियो ।

खड्काले स्वास्थ्य स्वयंसेविकाहरुका समस्याहरुको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटा, वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, स्वयंसेविकाका तर्फबाट सावित्री केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संयोजक कल्पना श्रेष्ठको अध्यक्ष नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालको स्वागत र लक्ष्मण ढकालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर १ देखि ४ सम्मका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सहभागिता रहेको थियो । दिवसको अवसरमा आयोतित वक्तित्वकला प्रतियोगितमा बागलुङ नगरपालिका वडा नम्वर ४ को समूह ग प्रथम, वडा नम्वर २ को समूह घ द्धितिय, वडा नम्वर १ को समूह क तृतिय र वडा नम्वर ३ को समूह ख शान्त्वना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्