५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ समाजद्वारा बृहत् स्वास्थ्य शिविर सम्पन्न

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ।काठमाडौंको कालिमाटीको रहेको स्पार्क हेल्थ होम अस्पिटलमा आयोजित स्वास्थ्य शिविरमा एक सय ४५ जना विरामीले सेवा लिनु भएको बागलुङ समाज कल्याण केन्द्र काठमाडाको अध्यक्ष रसुमिला श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

शिविरमा हाडजोर्नी, नशा, आँखा परीक्षण, दाँत तथा मुख जाँच, फिजियोथेरापी सेवा र प्राकृतिक चिकित्सा सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविरमा हाडजोर्नी नशाको १९ जना बिरामीले, दाँत तथा मुखको ३० जना विरामीले, आँखाको ४४ विरामीले, फिजियोथेरापी १७ जना विरामीले र प्राकृतिक चिकित्सा सेवा १७ जना विरामीले जाँच गरेको अस्पतालका निर्देशक रुपेश अधिकारी बताउनु भयो । शिविरमा सुगर (मधुमेह), ब्लड प्रेसर (रक्तचाप) र पिसावको जाँच गर्नुको साथै  विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा डा अनिलकुमार महतो, डा गिता केसी, डा नविन रौनियार, डा शचिन्द्र राज जोशी, डा योगिता राजभण्डारी, डा आइस्रि कार्की, डा रन्जना जवेगु, डा क्षितिज गोसाइसहित १५ जना चिकित्सक र प्राविधिकहरूले सेवा दिएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका कार्यसमिति सदस्य बसन्त किशोर श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।

शिविरमा प्याथोलोजी ल्याव, एक्स–रे, इको, भिडियो एक्स–रेलगायत सेवामा विशेष छुटको व्यवस्था समेत गरिएको थियो ।कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडाको अध्यक्ष रसुमिला श्रेष्ठको अध्यक्षता, स्वागत समाजका उपाध्यक्ष डा स्वंयम् प्रकाश श्रेष्ठले र संचालन समाजका सचिव किस्मत मणि श्रेष्ठले गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्