५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरी अस्पतालमा कार्यरत ३ चिकित्सकको विदाई

चिकित्सकको अभाव झेलिरहेको धौलागिरी अस्पतालमा कार्यरत ३ चिकित्सकको विदाई गरेको छ । अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिष्ट डा. गणेश वन, जनरल सर्जन डा. प्राञ्जलचन्द्र पौडेल र मेडिकल अधिकृत डा. बुकि बर्तौलालाई विदाई गरिएको हो ।

छात्रवृति करारबाट २ वर्षको लागि अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिष्ट डा. गणेश वन, जनरल सर्जन डा.प्राञ्जलचन्द्र पौडेल पाचथर अस्पताल फिदिम र डा. बुकि बर्तौला क्षेत्रपाटी परिवार कल्याण केन्द्र डल्लु काठमाण्डौमा सरुवा भई जानु भएको छ ।

उहाँहरुलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.अमित ढुंगाना,प्रशासन प्रमुख तेज प्रसाद निउरे लगाएत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले विदाई गरेका थिए ।

जनशक्तिको चरम अभाव झेल्दै आएको धौलागिरी अस्पतालमा ३ जना चिकित्सकको विदाई हुदा सेवा प्रभावित हुने मेडिकल रेकर्डर अधिकृत नवराज पौलेलले बताउनु भयो । कोरोना महामारीमा अस्पतालको स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालिएको भए पनि पछिल्लो समय चिकित्सकको अभाव हुन थालेको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका बाबजुद पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक नहुदा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्