प्रभु बैंक विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने चरण पार गर्दै आएको हो । अहिले सेञ्चुरी कमर्शियल बैंकलाई मर्जर गरी आजको अवस्थामा आएका छौं । २०७० र ७१ सालमा प्रभु फाइनान्सले सेन्चुरी कमर्शियल बैंकले मर्जरका लागि प्रकृया अघि बढाउन प्रस्ताव गरेको थियो ।
त्यो कुराले आज मुर्तरुप पाएको छ । किष्ट फाइनान्सले करिब ५ करोड अधिकृत पुँजी, करिब साढे ३ करोड चुक्ता पुँजीलाई बृद्धि गर्दै प्रभु बैंकको रुपमा कारोबार गर्दै आज आएर २३ अर्ब रुपैयाँ चुक्ता पुँजीसहित कारोबार शुरु भएको छ ।
३ लाख ४६ हजार ९४० सेयरधनी यस बैंकमा रहेका छन् । निक्षेप २ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । एकीकृत कारोबार गरेपछि सबैमा आपसी समझदारी, भाइचारा सहयोगको वातावरणमा काम गर्नु हुनेछ भन्ने मलाई विश्वास छ ।
पुर्वगभर्नर निरन्जिवी नेपालले भन्नुहुन्थ्यो, ‘छिटो छिटो लभ गर्नुस्, मर्जर गर्नुस् ।’ मर्जर भनेको यस्तो प्रकृया हो, ‘वैवाहिक जीवनमा यता उता हुन सक्छ, सम्बन्ध बिग्रन सक्छ, छुटिएर फरक फरक बस्नु पर्ने हुनसक्छ । तर, मर्जरमा गएपछि छुटिने छुट कसैलाई पनि छैन ।
एक आपसमा सेयरधनी साथीहरु छुटिने सोच नबनाउनु होला । संविधानले सुनिश्चित गरे अनुसार ३३ प्रतिशत महिला कर्मचारी भएको बैंक हो यो । यो बैंकमा ३८ प्रतिशत महिला र ६२ प्रतिशत पुरुष कर्मचारी रहेको बैक भनेर भन्न पाउँदा गर्व लागेको छ ।
प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीको साथ लिएर अघि बढ्नुपर्छ । यसले सबल र सुदृढ बनाउ सक्छ । त्यसका लागि मेरो शुभकामना छ । एकीकृत कारोबार शुरु गरेपछि एकल ग्राहक कर्जा ७ अर्ब रुपैयाँको हाराहारीमा दिनसक्ने अवस्थामा पुगेका छौं ।
बैंकिङ व्यवसाय सन्चालन गरेपछि आर्थिक समृद्ध ल्याउनका लागि ग्राहकले समयमै ब्याज बुझाउने र ऋणीले समयमा किस्ता बुझाए मात्रै हामी सबल र सक्षम हुन सक्छौं । सेयरधनीको भविष्य ग्राहकमाथि रहेको हुन्छ । ऋणीले कर्जा चुक्ता गरेपछि रोजगारी पाउने, घर परिवार चल्ने कुरा यहाँहरुलाई सर्वविधितै छ ।
पुराना ग्राहकहरुले सकेसम्म सहयोग गर्नुहुन्छ भन्ने मैले आशा गरेको छु । बैंक ठूलो के को लागि ? ठूला ग्राहकलाई आवश्यक परेको खबत सहयोग दिनका लागि हो । अबदेखि बैंकले ७ अर्ब रुपैयाँको हाराहारीमा दिनसक्ने अवस्था रहेको छ ।
मलाई आशा छ एकीकृत कारोबार शुरु भएपछि सेञ्चुरी बैंकको सहयोगमा प्रभु बैंकले करीब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने वाताबरण बनेको छ । प्रभु बैंकले १ बराबर १ को अनुपात स्वाप रेसियोमा किन सेञ्चुरीलाई साथमा लिएर अघिबढ्यो ? किनभन्दा अब एकलकर्जा ७ अर्ब दिनसक्छौं र केही महिना वा आर्थिक वर्ष २०७९ र ८० मा नसकेपनि २०८० र ८१ सम्म प्रभु बैंकले थप २० अर्ब रुपैयाँको नयाँ कर्जा लगानी गर्न अगाडि बढोस् ।
सबै कर्मचारीले सहयोग गर्नुहोस् । ठूला परियोजना, साना परियोजनालाई एकै ठानेर अगाडि बढ्नुहोस । लगानी वृद्धिमा सबैभन्दा बढी बेनिफिट लिने साथीभाइहरु हुनुहुन्छ । तपाईंहरुले बोनस पाउनुहुन्छ । त्यसपछि मात्रै सेयरधनी बोनस पाउने हुनाले यहाँहरुले धेरै मायाँ, सहयोग गरेर काम गर्नुहुनेछ ।
हामी सेञ्चुरीबाट आएको हामीलाई व्यवहारमा कम सहयोग भएको भावना नराख्न सबैलाई अनुरोध छ । प्रभु आफैं फाइनान्स कम्पनीबाट शुरु भएको हो ।
तत्कालिन किष्ट बैंकले सानातिना फाइनान्स कम्पनी, कतिपय बैंक तथा वित्तीय संस्थालाई मर्जर, कतिपयलाई गाभ्ने समेत कार्य गरेर अघि बढेको, त्यस बाहेक नेपालको इतिहासमा आजको दिनसम्म कुनै बैंक तथा वित्तीय संस्था खारेजीको प्रकृयामा रहेकालाई खरिद गरेर एकीकृत कारोबार गरेको बैंक हो यो । त्यस्तो बैंक प्रभु बैंक मात्रै होलाजस्तो मलाई लागेको छ । बैंकको उत्तरोत्तर प्रगतिको कामना रहेको छ । एकीकृत कारोबार गरेर सरल, सुदृढ सेवा दिनुहोला ।
( सांसद तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनले प्रभु बैंक र सेञ्चुरीको मर्जरपछिको एकीकृत कारारेबार शुभारम्भ समारोहमा व्यक्त गर्नु भएको विचार )



















































































































































































































