७ जेष्ठ २०८१, सोमबार

 

सोल्टी होटलमा भइरहेको दुबई प्रोपर्टी मेलामा प्रहरीको छापा

काठमाडौं । गैरकानुनीरुपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको छ ।दुबईको रियलस्टेट कम्पनी ड्याम्याकले काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि आयोजना गरेको मेला प्रहरीले रोकेको हो। प्रहरीले शोमा ढिला गरी छापा मारेको हो ।

दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित उक्त मेला सोल्टी होटलमा चलेको थियो ।द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा शो सञ्चालन गरिरहेको थियो ।उनीहरुले शो सञ्चालनका लागि कुनै अनुमति लिएका थिएन ।

शोको लागि दुबईबाट ३ र भारतबाट २ गरी ५ विदेशी आएका छन् । महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले छापा मारेको हो । विदेशी विनिमय ऐन, २०१९ ले नेपालीलाई विदेशमा घरजग्गा किन्न बन्देज रहेको छ भने नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको छ ।

गैरकानुनी भए पनि यस्ता मेला नेपालमा आयोजना हुँदै आएको छ। नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्