१५ बैशाख २०८१, शनिबार

 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जुग्जालीलाई बागलुङमा स्वागत

गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीलाई बागलुङमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला म्याग्दी आउन लागेको जुग्जालीलाई शुक्रबार विहान बागलुङ पर्यटन विकास समितिले कालिका भगवती मन्त्री परिषरमा स्वागत गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका जुग्जालीले पर्यटन प्रर्वद्धको लागि आफुले सकेको काम गर्ने बताउनु भयो । संघ सरकार र स्थानीय तह बीच समन्वय र सहकार्य गर्दै प्रदेश सरकारले समृद्धिका लागि औद्योगिकरणमा जोड दिने, पर्यटन क्षेत्रको विकास र विस्तार गरी नयाँ नयाँ रोजगारीको अवसर सृजना गर्ने तयारी गरेको बताउनु भयो ।

कार्यक्रममा बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले बागलुङका पर्यटकिय स्थल र पर्यटनका क्षेत्रमा भएका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे, पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्मा,बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल, कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्का, बागलुङ होटल व्यवसायी संघका उपाध्यक्ष ताल बहादुर कुँवर, उपाध्यक्षमा ललिता थापा लगाएतले मन्त्री जुग्जालीलाई बधाई दिदै बागलुङको पर्यटन विकासमा आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।

बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अर्जुन चोखालले गर्नु भएको थियो । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित जुग्जालीले प्रदेशकै मन्त्री हुँदै इतिहास रचेका छन् ।

५ दलीय गठबन्धनमा माओवादीलाई परेको प्रतिनिधि सभा कांग्रेससँग साटेर प्रदेश माओवादीलाइ पार्न नेतृत्व लिएका जुग्जालीले पाका आकांक्षीलाई पछि पार्दै पर्यटनको बागडोरसम्म सम्हाल्न आइपुगेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्