४ जेष्ठ २०८१, शुक्रबार

 

मैत्रीपुर्ण फुटबलमा बागलुङ नगरपालिकाको कर्मचारीको टिम विजयी

बागलुङ । बागलुङ नगरपालिका अन्तर्गत जनप्रतिनिधि र कर्मचारीबिच भएको मैत्रीपुर्ण फुटबलमा कर्मचारीको टिम विजयी भएको छ । पाँचौ संस्करणको बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा मंगलबार मैत्रीपुर्ण खेल राखिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित मैत्रीपुर्ण फुटबलमा जनप्रतिनिधिलाई ट्राईब्रेकरमा पराजित गर्दै कर्मचारीको टिम विजेता भएको हो । रामरेखाको बाङ्गेचौर खेलमैदानमा सम्पन्न ११ ए साईड फाईनल खेलमा बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

खेलमा जनप्रतिनिधिको तर्फबाट सोम बहादुर बोहोराले २, सुदिप गौतमले १ र कर्मचारीको तर्फबाट सौगात बोहोराले २, त्रिलोचन गिरीले १ गोल गरेका थिए ।

खेल अतिरिक्त समयमा पनि बराबरीको खेल भएपछि पेनाल्टी सुटआउट भएको थियो । खेलमा सोम बहादुर बोहोरा र सौगात बोहोरा उत्कृष्ट खेलाडिको रुपमा घोषित भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकृत गौरव रानाले जानकारी दिए ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्