२३ बैशाख २०८१, आईतवार

 

निशुल्क स्वास्थ्य शिविर वडाको प्रशंसनिय कार्य – नगरप्रमुख गैरे

गलकोट । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जनताको स्वास्थ्य क्षेत्रमा आधारभुत सेवा प्राप्त गर्नु मात्र नैसर्गिक अधिकार नभई सबै किसिमको सेवा प्राप्त गर्न पाउने अधिकार रहेको बताउनुभएको छ ।वडाले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर प्रशंसनिय कार्य भएको नगरप्रमुख शर्मा गैरेले भन्नु भयो ।

गलकोट नगरपालिका वडा नम्वर ७ मल्म, आँगाखेतमा सञ्चालित २ दिने स्वास्थ्य शिविरको समापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकार जिम्मेवार रहनुपर्ने उहाँको भनाई छ ।आर्थिक रुपमा सम्पन्न परिवारले नीजि अस्पतालबाट पनि सेवा सुविधा लिन सक्ने भएता पनि आर्थिक अवस्था कमजोर भएका नागरिकको हकमा सरकार जवाफदेहि बन्नुपर्ने वडा अध्यक्ष राज बहादुर थापाले बताउनु भयो।

कार्यक्रममा फिजिसियन डाक्टर बुद्धि बहादुर थापा, गलकोट नगरपालिका वडा नम्वर ७ का वडा सदस्य नर बहादुुर थापा मगरले मन्तव्य राख्नुभएको थियो ।शिविरबाट आज १ हजार ६७ जना लाभान्वित भएको सहआयोजक संस्था गलकोट समाज पोखराका अध्यक्ष खडग बहादुर थापाले जानकारी दिनुभयो ।

उक्त शिविरमा पत्थरी, सुगर, स्त्री रोग, मुटु रोग, दाँत, हाडजोर्नी, सामान्य अपरेशन लगायतका सेवाहरु उपलब्ध गराइएको घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष दुर्गा थापाले बताउनुभयो ।गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटि मल्म, काँडेबास उपशाखाका सभापति डोल बहादुर केसीको स्वागत र गलकोट समाज पोखराका संरक्षक बेलुकाजी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्वास्थ्य शिविर गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालयको आयोजना, गलकोट समाज पोखरा, गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा, लायन्स क्लव अफ पोखराको सह आयोजना, फेवा सिटि हस्पिटल पोखराको प्राविधिक सहयोग र गलकोट नगर अस्पताल, गलकोट नगरपालिका लगायत स्थानीय संघ संस्थाको समन्वयमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्