७ जेष्ठ २०८१, सोमबार

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको हो ।

गत सोमबार काठमाडौं प्रहरीले पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईको नक्कली परिचयपत्र बनाउने शंकास्पद भूमिका देखिएपछि पक्राउ गरेको थियो ।

गत बुधबार काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले नक्कली भुटानी शरणार्थीको विषयमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।उनी हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्