४ जेष्ठ २०८१, शुक्रबार

 

भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियानद्वारा बागलुङ बजारमा प्रदर्शन

बागलुङ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै बागलुङ बजारमा प्रदर्शन गरिएको छ ।भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियान बागलुङको आयोजनामा बागलुङ बजारमा प्रदर्शन गरिएको हो ।

बागलुङ नगरपालिका ३ बुद्धचोकदेखि सुरु भएको प्रदर्शन पेन्सन क्याम्पचोक, समिट चोक, ट्राफिक चोक, आवारोड, हल्लनचोक हुँदै लोकतान्त्रिक चोकमा आई विरोध सभामा परिणत भएको थियो । सो अवसरमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाईएको छ ।

भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियान बागलुङका संयोजक एक बहादुर केसी संगम, बाबुकाजी केसी, विष्णु पन्त, शिव केसी, गोकुल उपाध्याय लगाएतको टोलीले जिल्ला प्रशान कार्यलयका प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्मा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका थिए ।

त्यस्तै सोही टोलीले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई पनि भ्रष्टाचार विरुद्ध ध्यानाकर्षण पत्र बुझाएका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले भ्रष्टाचार विरुद्ध एक्यवद्धता जनाउदै भ्रष्टाचार रहित नगरपालिका बनाउन सबै नागरिकले आआफ्नो क्षेत्रबाट भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।

श्रेष्ठले नगरपालिका भित्र कहि कतै भ्रष्टाचारजन्य गतिविधि भए तत्काल खवर गरि सुशासन कामय गर्दा सहयोग गर्न नगरवासीलाई आग्रह गर्नु भयो ।

भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियान बागलुङले हाल राज्यको माथिल्लो तहमा कर्मचारी, पूर्वगृहमन्त्री तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुको संलग्नतामा संगठित रुपमा आफ्ना नागरिकहरुलाई गैर नागरिक बनाई लाखौं रुपैया असुल गर्ने जस्तो मानव बेचविखन कार्यमा संलग्न भ्रष्टचारीहरुलाई कानूनको दायरामा ल्याई अनुसन्धान तथा कारवाही गर्न नेपाल सरकारले गरेको सह्रानिय कार्यमा सबैको समर्थन रहेको जनाउदै भ्रष्टाचारीलाई कारवाहीको माग गरेको छ

प्रदर्शनमा सहभागीहरूले करोडौंको बंगला र घडेरी कसले किनिदियो, लाखौंको गाडी कसले किनिदियो लगायतका प्लेकार्ड बोकेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै नभएर अहिलेसम्मका सबै भ्रष्टाचारका फाइल खोलेर निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्ने संयोजक एक बहादुर केसीले बताउनु भयो । नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै नभएर अहिलेसम्म सार्वजनिक भएका भ्रष्टाचारका दोषीहरूलाई कारवाही गर्नु पर्ने बताए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्