७ जेष्ठ २०८१, सोमबार

 

ढोरपाटनका मेयर देवकुमार नेपालीको छोरा सन्तोष नेपाली बैंकिङ कसुरमा फरार

कास्की। इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीका छोरा सन्तोष नेपाली बैकिङ कसुरमा फरार भएका छन् ।

नेपालीले पोखराको थापा मोटर्स प्रालिको संचालकको डेढ करोड रकम तिर्न नसकेपछि नेपाली विरुद्ध केही महिनाअघि ‘चेक बाउन्स’ मा निवेदन परेको थियो।

नेपालीले मलाई डेढ करोड रकमको  चेक दिनु भएको थियो तर नेपालीको खातामा पैसा थिएन थापा मोटर्स प्रालि, पोखराका संचालक मनोज थापाले नयाँ विश्वलाई बताउनु भयो ।

नेपालीले हामीसँग ७२ लाखको  गाडी लानु भएको थियो भने मेरो भाई राज थापासँग ७८ लाख पैसा सापट लानु भएको थियो ।

लामो समयसम्म भुक्तानी नपाएपछि मैले संम्बन्धित बैंकलाई जानकारी गराएपछि बैंकले नेपालीलाई कालोसूचीमा राखेको हो थापाले बताउनु भयो। कर्जा सूचना केन्द्रले नेपालीलाई २०७९ असोज ६ गते कालो सूचीमा राखेको छ ।

चेक बाउन्सलाई पछिल्लोपटक बैकिङ कसुरका रूपमा लिने गरिन्छ।सन्तोष नेपाली फरार छन् ।धेरैले उनी विदेश भागेको आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्