७ जेष्ठ २०८१, सोमबार

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा लक्ष्मी महर्जन पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई पक्राउ गरेको हो।महर्जनको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनी भुटानी शरणार्थी प्रकरणका आरोपी केशव तुलाधरकी श्रीमती हुन् । यस प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा दर्ता गरेको छ ।

आरोपीहरुको जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्