२ जेष्ठ २०८१, बुधबार

 

बागलुङका यातायात व्यावसायीद्धारा प्रहरीलाई लागुऔषध परीक्षण किट हस्तान्तरण

बागलुङ । बागलुङका यातायात व्यवसासीहरुले जिल्ला प्रहरी कार्यालयलाई लागुऔषध परीक्षण किट हस्तान्तरण गरेका छन् । चालकको लागु पदार्थ सेवनको अवस्था बारे परीक्षण गर्न सघाउ पु¥याउने उद्देश्यले किट हस्तान्तरण गरिएको हो । करिव एक लाख २५ हजार बरावरको किटले लागु पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गर्न सहयोग पुग्ने छ ।

धौलागिरी गण्डकी यातायात प्रालि, बागलुङ भगवती यातायात, धौलागिरी कालिका यातायात, धौलागिरी अञ्चल यातायात, गौरीधाम यातायात व्यवसायी संघ बागलुङले सो किट सहयोग गरेका हुन् । पिसाव परीक्षण गर्दा चालकले लागुऔषध सेवन गरे नगरेको थाहा हुने हुनाले सडक दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भयो ।

जिल्ला मादक पदार्थ सेवन परीक्षण नियमित गरिए पनि लागुपदार्थ सेवन गर्नेहरुलाई किट अभावमा परीक्षण हुन नसकेकोले अव सहज हुने खड्काले बताउनु भयो । र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र ट्बालेट प्रयोग गरेको तत्काल जानकारी हुन्छ । कार्यक्रममा बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जय बहादुर केसीले लागुऔषध नियन्त्रणको लागि स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । कार्यक्रम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको अध्यक्षता र सूचना अधिकारी राजाराम खड्काको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्