२१ बैशाख २०८१, शुक्रबार

 

ग्लोबल आईएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेटले आफूलाई उत्कृष्ट प्राविधिक रूपान्तरण गरेकोले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ ।

यो अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । बैंकले फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् ग्राहक केन्द्रित सेवाहरुमा उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन अनुसार ग्राहकलाई सृजनशिल र नविनतम ढंगले बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा सृजनशील रुपमा अगाडि बढाउने मापदण्डलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्