४ जेष्ठ २०८१, शुक्रबार

 

माओवादी आन्दोलन नयाँ ढंगले विकसित हुदैछ : सचिव पौडेल

बागलुङ । केन्द्रीय सचिव तथा सांसद देवेन्द्र पौडेलले माओवादी आन्दोलन नयाँ ढंगले विकसित भएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति, बागलुङले आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षणमा पौडेलले सो कुरा बताउनु भएको हो ।

समाजवादी आन्दोलन अगाडि बढाउन रणनीतिक मोर्चाको आवश्यकता भएको र प्रक्रियावादी शक्तिहरुलाई परास्त गर्न सबै देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरु एक हुनु पर्ने बताउनु भयो ।

पौडेलले माक्र्सवाद र ऐतिहासिक भौतिकवादको विषयमा पनि प्रशिक्षण दिनु भएको थियो ।प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका सचिव रामदिप आचार्यले वैज्ञानिक विश्व दृष्टिकोण र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि अधिकारीले पार्टीको राजनैतिक कार्यदिशाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

वैचारिक तथा राजनीतिक प्रशिक्षण जेठ २६ गतेदेखि २८ गतेसम्म संचालन भएको थियो ।बागलुङ बजारमा सम्पन्न प्रशिक्षणमा पार्टीको जिल्लाको पदाधिकारी र सदस्यहरु, दश वटै पालिकाका पार्टी समितिका नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज वलावती शर्माको अध्यक्षता र नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति, बागलुङका अध्यक्ष राजिव घिमिरेको संचालनमा सम्पनन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्