४ जेष्ठ २०८१, शुक्रबार

 

देउवा सिंगापुर गएपछि खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् ।उनी एकसातापछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

देउवा स्वास्थ्योपचार (फलोप) का लागि सिङ्गापुर गएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई पार्टीको कार्यवाहक सभापति जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्