७ जेष्ठ २०८१, सोमबार

 

ललिता निवास प्रकरण : व्यवसायी मीनबहादुर, डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख देउजासहित ५ जना पक्राउ

काठमडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजनालाई पक्राउ परेका छन् ।

त्यस क्रममा योजनाकारमध्येका एक भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।

गुरुङलाई नक्सालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ ।

त्यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।अख्तियारले ललिता निवासको जग्गा अनियमिततामा सुरुमा अनुसन्धान थालेको थियो । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्