५ जेष्ठ २०८१, शनिबार

 

नेपाल परिवार नियोजन संघ बागलुङ शाखाको ३७ औं शाखा सभा सम्पन्न, अध्यक्षमा पुन: श्रेष्ठ

बागलुङ । नेपाल परिवार नियोजन संघ बागलुङ शाखाको ३७ औं शाखा सभा शुक्रबार सम्पन्न भएको छ ।शुक्रबार साधारण सभाले सचिव करुणा प्रसाद श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सीता राजभण्डारीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ केन्द्रीय कोषाध्यक्ष ज्योति श्रेष्ठले संघको सेवालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्ने बताउनु भयो । यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा परिवार नियोजन संघको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ बागलुङका पूर्वउपाध्यक्ष देव बहादुर श्रेष्ठ, निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर गौतम, सहित्यकार पे्रम छोटा, नेपाल रेडक्रश सासोइटी बागलुङका कोषाध्यक्ष जिवननाथ शर्मा, नेपाल नेत्र ज्योति संघ बागलुङका सभापति विन्दुसागर राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ शाखाबाट प्रतिनिधित्व गर्दैै केन्द्रीय कोषाध्यक्ष पदमा पुग्नु भएकी नेपाल परिवार नियोजन संघ केन्द्रीय कोषाध्यक्ष ज्योति श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

नेपाल परिवार नियोजन संघ बागलुङका सभापति निर्माण कुमार श्रेष्ठको अध्यक्षता, शाखा प्रवन्धक दिपेन्द्र श्रेष्ठको स्वागत र सचिव करुणा प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

शाखासभाले नयाँ कार्य समिति पनि चयन गरेको छ । सभाले निर्माण कुमार श्रेष्ठलाई पुन तेस्त्रो कार्यकालका लागि सभापतिमा चयन गरेको छ । संघको कोषाध्यक्षमा सुदिप राजभण्डारी, विशेषज्ञ सदस्यमा मेलिना श्रेष्ठ, गिता श्रीस, दुर्वल काजी राजभण्डारी र वसन्त जंग राजभण्डारी चयन हुनु भएको छ । त्यस्तै महिला सदस्यमा आशा राजभण्डारी भारी र रन्जिता श्रेष्ठ , युवा सदस्यमा रिया श्रेष्ठ, प्रकृति शर्मा र आयुष श्रेष्ठ चयन भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्