२२ बैशाख २०८१, शनिबार

 

लायन्स क्लव अफ धौलागिरिको पदस्थापन, अध्यक्षमा राजभण्डारी

बागलुङ । लायन्स क्लव अफ धौलागिरि बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन हुनु भएको छ । लायन्स क्लबहरुमध्ये धौलागिरिको सबैभन्दा पुरानो लायन्स क्लवको शनिबार सम्पन्न पदस्थापन कार्यक्रमबाट वर्ष २०२३÷०२४ का लागि सर्वसम्मत रूपमा राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित अध्यक्ष राजभण्डारीलाई निवर्तमान अध्यक्ष निर्माण कुमार श्रेष्ठले पदभार सुम्पिनु भएको हो ।

कार्यक्रमका प्रमुख अथिति लायन्स क्लव अफ धौलागिरि बागलुङका डिष्ट्रिक एडमिनिष्टर काजिमान गुरुङ, डिपार्टमेन्ट को चिफ भरत शर्मा, कलष्टर चिफ तालबहादुर कुँवर, जोन चियर पर्सन अध्यक्ष निर्माण कुमार श्रेष्ठ, पत्रकार सुवास आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष निर्माण कुमार श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनै आगामी दिनमा पनि लायन्समा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नव निर्वाचित अध्यक्ष राजभण्डारीले आफ्नो कार्यकालमा लायन्सको उदेश्य र मर्म अनुसार काम गर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रम लायन वर्ष २०२२÷०२३ का अध्यक्ष निर्माण कुमार श्रेष्ठ र समापन कार्यक्रम नवनिर्वाचित अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता द्वितिय उपाध्यक्षमा राजेश भारीको स्वागत र प्रथम उपाध्यक्ष गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।

विसं २०५३ मा स्थापना भएको लायन्स क्लव अफ धौलागिरि अञ्चलकै पुरानो क्लव हो । यस क्लवले स्वास्थ्य, शिक्षा, पर्यटन, पर्यावरण, नेतृत्व विकास लगाएतको क्षेत्रहरुमा काम गर्दै आइरहेको ।

प्रतिक्रिया दिनुहोस्