२७ बैशाख २०८१, बिहीबार

 

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ

काठमडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा  थप दुई जनालाई पक्राउ गरेको छ ।

त्यस क्रममा काठमाडौंबाट समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाईलाई पक्राउ गरेको हो ।

यो प्रकरणमा हालसम्म भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित ९ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् ।गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो र पछि सोही जग्गा व्यक्तिका नाममा सारिएको थियो ।

त्यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको पनि प्रहरीले खोजी गरिरहेको छ ।अख्तियारले ललिता निवासको जग्गा अनियमिततामा सुरुमा अनुसन्धान थालेको थियो । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्