काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी भएको हो।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो।यसै प्रकरणमा पूर्वसहसचिव सुधीर साह पनि पक्राउ परिसकेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि अनुसन्धान सुरु गरेको हो।













































































































































































































