२५ बैशाख २०८१, मंगलवार

 

व्याडमिन्टन प्रतियोगिता सम्पन्न

बागलुङ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीबिच डवलमेन व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको हो ।

विभिन्न पेशागत आन्दोलनमा क्रममा राज्यबाट शहिद बनाइएका शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको आयोजित प्रतियोगिताबाट जैमिनी नगरपालिकाका विजय थापा र खुमन पुनको टोली बिजेता भएका छन् ।

त्यसैगरि पूर्वाधार विकास कार्यालय बागलुङका प्रकाश श्रीस र चन्द्रबहादुर पुनको टोली उपबिजेता बनेका छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । बिजेता टिमलाई नगद ८ हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने संगठनका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।

विजेता तथा उपबिजेता टिमलाई शहिद सप्ताहको अन्तिम दिन १५ गते हुने मुल समारोहमा पुरस्कार प्रदान गरिने थापाले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर खत्री, संगठनका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज तेजप्रसाद निउरे र नेपाल व्याडमिन्टन संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष श्याम थापाको अध्यक्षता, सहसचिव मदन सुवेदीको स्वागत र सचिव मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्