५ जेष्ठ २०८१, शनिबार

 

श्रीधराचार्य आयुर्वेद औषधालयको उद्घाटन  महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै

बागलुङ । बागलुङ नगरपालिका – ४ कुडुले फेदी स्थित श्रीधराचार्य औषधालयको आगामी शनिबार उद्घाटन हुने भएको छ । तिरुपती बालाजी धाममा स्वामी श्रीधराचार्यको नाममा स्थापना गरिएको आयुर्वेद औषधालयको शनिबार उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुहुने भएको छ ।

मन्दिरको आन्तरिक स्रोत तथा स्थानीयको सहयोगमा सर्वसाधारणको उपचारका लागि स्थापना गरिएको आयुर्वेद औषधालयको विधिवत रुपमा उद्घाटन गरी थप व्यवस्थित रुपमा संचालन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ

कोरोना महामारीको प्रतिकुल अवस्थामा सर्वसाधारणको उपचारमा समस्या भएपछि औषधालय स्थापना गरी प्राथमिक उपचार सेवा दिन शुरु गरिएको शालग्राम संग्राहालयका परिकल्पनाकार तथा तिरुपती बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

कुँडुले घर भई बैदेशिक रोजगारका लागि बिदेशमा रहेका युवा, तिरुपति बालाजीधामका विद्यार्थी तथा धामको लागानीमा औषधालय स्थापना गरिएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।सो औषधालयमा उपचार गर्न आउनेहरुको अहिले दिनप्रतिदिन बिरामीको संख्या बढ्दै जान थालेको छ ।

दैनिक बिरामीको संख्यामा बृद्धि हुँदै गएको तर साधन र श्रोतको अभावमा औषधी खरिद गर्न कठिनाई भएको औषधालयका स्वास्थ्यकर्मी वरिष्ठ हेल्थ असिस्टेन्ट झपेन्द्र केसीले जानकारी दिनुभयो ।

दैनिक ३० देखि ४० जना बिरामी आउछन् यहाँ सहयोग मागेर सेवा दिनुपर्ने अवस्था छ, उहाँले भन्नुभयो” निशुल्क सेवा प्रदान गर्नका लागि कठिन भईरहेको छ । तिरुपती बालाजी धामले औषधीको व्यवस्था गरिदिएमा सेवा प्रवाहमा सहज हुने वरिष्ठ अहेव केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्