१७ बैशाख २०८१, सोमबार

 

सांग्रिला डेभलपमेन्ट बैंक बागलुङद्वारा विपिन वझाको विदाई

बागलुङ ।सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ शाखाले सरुवा भएर बेनी बजार जान लागेका बागलुङका शाखाका कर्जा विभाग प्रमुख विपिन वझालाई विदाई गरेको छ।

ओझा सांग्रिला डेभलपमेन्ट बैंक बेनी शाखाको प्रबन्धक भएर गएका हुन् । वझाले बागलुङ शाखामा १३ वर्ष सेवा गरेका थिए ।

मेरो बागलुङ बसाईमा सहयोग गर्नु हुने बागलुङ शाखाका सबैलाई धन्यवाद व्यक्त गर्दछु विपिन वझाले भन्नु भयो । सरुवा भएर बेनी जान लागेका ओझाको बैंकिङ यात्राको सफलताको शुभकामना व्यक्त गर्दछु सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ शाखाका प्रबन्धक श्रीजय श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्