१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आइएमई र बिओके क्यापिटलको एकीकृत कारोबार सुरू

काठमाडौं। ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन्। भदौ ४ गतेदेखि यी दुवै क्यापिटलले मर्जर प्रक्रिया पूरा गरी औपचारिक रुपमा एकीकृत कारोबार सुभारम्भ गरेका हुन्।

असार ३ गते भएको विशेष साधारण सभाले दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।कम्पनी रजिस्ट्रार कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएको थियो। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनी पनि एक आपसमा मर्ज भएका हुन्।

सोमबार राजधानीमा एक भव्य समारोहबीच कारोबार सुरु गरिएको छ। बिओके क्यापिटलको १ कित्ता सेयरबराबर ग्लोबल आइएमई क्यापिटलको ०.५३ कित्ता सेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन्।

मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीमा रूपमा स्थापित भएकोमा सोही अनुरूप सेवाको गुणस्तर कायम गर्नु पर्ने र नियामकीय निकायको निर्देशन पालना गर्न सधैं अघि हुनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्