४ जेष्ठ २०८१, शुक्रबार

 

नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिको पूर्ण बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र, बागलुङ नगर समितिको पूर्ण बैठक  सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष रतन मलेपतिको अध्यक्षतामा शनिवार सम्पन्न बैठकमा प्रशिक्षण दिदै केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले पूर्व माओवादी र समाजवादी मोर्चालाई साथैमा लिएर समाजवाद उन्मूख बाटोमा पार्टी अगाडी बढ्ने बताउदै समाजवादी क्रान्तिका लागि माओवादीको नेतृत्वमा सम्पुर्ण वाम शक्तिहरु एक ठाउँमा आउन जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिर्य परिस्थिति र सन्तुलनलाई कायम राखेर सरकारले काम गर्नु परेकाले हामीले भने जस्तै धेरै परिणामहरु एकै पटक दिन नसके पनि सुशासन, भ्राष्टचार नियन्त्रण लगायतका क्षेत्रमा सन्तोषजन कामहरु भैरहेको र आगामी दिनहरुमा सरकारका राम्रा कामहरुको सकारात्मक परिणामहरु देखिने पौडेलले बताउनु भयो ।

अब माओवादीहरुले काम नै गर्नु पर्ने बताउदै चोक र सार्वजनिक स्थलमा बसेर कसैको आलोचना नगर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै पार्टी तथा पार्टीका नेता कार्यकर्ताहरुको बारेमा सम्बन्धित समितिमा मात्र छलफल गर्न आग्रह गर्नु भयो ।

पार्टीले दिएको जिम्मेवारी र कार्य विभाजनले बागलुङमा माओवादी नेताहरुले महत्वपूर्ण परिणाम दिने गरी काम गर्नेमा आफू विश्वस्त रहेको र आगामी दिनमा बागलुङको माओवादी गतिशिल, क्रान्तिकारी, पारदर्शि र जनमुखि बन्नेमा कुनै दुविधा नरहेको बताउनु भयो बैठकमा प्रदेश सचिवालय सदस्य एवं प्रदेश सभाका सदस्य कुसुम बुढा, नगर सहसचिव जिवन शर्माले केन्द्र तथा प्रदेश समितिद्धारा प्राप्त परिपत्र,सर्कुलर तथा निर्देशिका वाचन गर्नु भएको थियो ।

नगर अध्यक्ष रतन मलेपतिले नगरपालिका भित्र संगठन सुदृढिकरण र वडा तहमा संचालन हुने पार्टी गतिविधिका लागि जिम्मेवारी बाडफाडको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा नगरपालिका भित्रका वडा समितिका अध्यक्ष तथा प्रतिनिधीहरुले वडाको रिपोर्टिङ प्रस्तुत गर्नु भएको थियो । बैठकले नगर कोषाध्यक्ष बसन्त मल्लको संयोजकत्वमा संचार प्रविधि समिति समेत गठन गरेको छ ।

जनतासॅग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत यही भाद्र १६ देखि मंसिर १५ सम्म घर घरमा माओबादी, जन जनमा माओबादी भन्ने नाराका साथ घरदैलो, जनभेटघाट, अन्तक्रिया, संगठन विस्तार, जनसेवा मुलक आदी कार्यहरु माओवादी केन्द्रले वडा तहमा अभियानकै रुपमा संचालन गर्दैछ ।

सो अभियानलाई सफल बनाउनका लागि जिल्ला, पालिका, वडा तथा पार्टीका जबज मोर्चाहरुको बैठक, प्रशिक्षणहरु चलिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्