२ जेष्ठ २०८१, बुधबार

 

त्रिपाठी टायर हाउसले एमआरएफको टायर बिक्री गर्ने, रामरेखामा खोल्यो शोरुम

बागलुङ । बागलुङमा एमआरएफ टायरको नयाँ शोरुम शुभारम्भ गरेको छ । बुधबार टायरको आधिकारिक विक्रेता त्रिपाठी टायर हाउसले बागलुङ नगरपालिका १ रामरेखामा शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल भुटान सेल्स म्यानेजर गौतम सिह दर्नालले शुभारम्भ गरेका हुन् ।

सो अवसमार बोल्दै नगर प्रमुख श्रेष्ठले टायरको शोरुमले बागलुङवासीको बद्लिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल भुटान सेल्स म्यानेजर गौतम सिह दर्नाल, नेपाल सेल्स टेक्निकल इन्जिनियर देवआशिष शाह, धौलागिरि आटोमोवाइल्स व्यवसायी संघका अध्यक्ष शिव शंकर साह लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुवाहक गाडीका साथै दुईपांग्रे सवारीसाधनका लागि आवश्यक गुणस्तरीय टायर उपलब्ध गराउने   त्रिपाठी टायर हाउसका संचालक सन्तोष त्रिपाठीले जानकारी दिनु भयो ।

एमआरएफ टायर गुणस्तरीय र टिकाउ भएको दाबी गर्दै कम्पनीले सबै साइजमा उपलब्ध रहेको जनाएको छ । गाडीहरूको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने र सुरक्षाका हिसावले महत्वपूर्ण रहेको तथा इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग पुर्‍याउने कम्पनीले दावी गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्