१५ बैशाख २०८१, शनिबार

 

रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

काठमाडौं । रोटरी क्लव अफ ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्तर्गत मैनवत्ती बनाउने तालिम सञ्चालन गरेको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

युवा र महिला उद्यमशिलता अन्तर्गत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाक कला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।

कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ ।

मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो । सो कार्यक्रममा रोटरी क्लव अफ  ज्ञानेश्वरकी अध्यक्ष लेलिना भट्टराइ र पूर्वअध्यक्ष रसुमिला श्रेष्ठको पनि सहभागिता थियो ।

राज्यदैनिकबाट

प्रतिक्रिया दिनुहोस्