२१ बैशाख २०८१, शुक्रबार

 

छैठौं बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु हुँदै, ३७ वटा विद्यालयले भाग लिर्दै

बागलुङ । बागलुङ नगरपालिकाको आयोजनामा हुन लागेको छैठौं बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु हुँदै छ ।

उक्त प्रतियोगिताको शुक्रबार नगर प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बागलुङ नगरलाई खेलको आर्कषक गन्तव्यको रुपमा विकास गर्न, राष्ट्रिय खेलाडी उत्पादन गर्न र खेल पर्यटनको विकास गर्न बागलुङ नगरले खेलकुदलाई विशेष महत्व दिएको नगर प्रमुख नगर प्रमुख बसन्तकुमार श्रेष्ठ नयाँ विश्वलाई बताउनु भयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, फुटबल, दौड, आइटिएफ र डब्लु टिएफ तेक्वान्दोलगाएत ६८ वटा इभेन्टमा खेल आयोजना गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनु भयो ।

प्रतियोगितामा ३७ वटा विद्यालयले भाग लिने भएको छ । साथै उत्कृष्ठ ¥याली प्रर्दशन र उत्कृष्ठ मार्च पास गर्ने विद्यालयलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्