२० बैशाख २०८१, बिहीबार

 

बागलुङ नगरपालिकाको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ । बागलुङ नगरपालिकाले आयोजना गरेको छैठौं बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको शुक्रबार नगर प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

बागलुङ नगरलाई खेलको आर्कषक गन्तव्यको रुपमा विकास गर्न, राष्ट्रिय खेलाडी उत्पादन गर्न र खेल पर्यटनको विकास गर्न बागलुङ नगरले खेलकुदलाई विशेष महत्व दिएको नगर प्रमुख नगर प्रमुख बसन्तकुमार श्रेष्ठ बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बापना १ का वडा अध्यक्ष जयबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागत र शिक्षा अधिकृत गौरव राना र रचना आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

उक्त अवसरमा बागलुङको विद्यामन्दिर मावि, धवलागिरि वीरेन्द्र मावि, रुद्रेपिपल मावि, कालिका कन्या मावि र प्याब्सनको तर्फबाट सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । साथै एनप्याब्सनले भने महाकवि लक्ष्मी प्रसाद देवकोटाको चर्चित रचना मुनामदनमा आधारित गीति नाटक प्रस्तुत गरेको थियो ।

आजदेखि सुरु भएको प्रतियोगितामा भलिबल, फुटबल, दौड, आइटिएफ र डब्लु टिएफ तेक्वान्दोलगाएत ७० वटा इभेन्टमा खेल आयोजना गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनु भयो । प्रतियोगितामा ३७ विद्यालयका १ हजार ५ सय खेलाडी सहभागि रहेका छन् ।

शुक्रबार दौड तथा छात्र भलिबलका खेलहरु शुरु भएका छन् । छात्र १ हजार ५ सय मिटर दौडमा सिगाना मावि, तित्याङका रवि विकले निर्धारित दुरी ५ मिनेट ४ सेकेण्डमा पार गरेर स्वर्ण पदक जितेका छन् । सोही दुरी विद्यामन्दिरका सागर नेपालीले ५ मिनेट १५ सेकेण्डमा पार गरेर रजत र चिल्ड्रेन लाइफका आमोद जिसीले ५ मीनेट ३५ सेकेण्डमा दुरी पार गरेर कास्य पदक प्राप्त गरेका छन् ।

छात्रा १ हजार ५ सय मिटर दौडतर्फ मुलपान माविको मनिसा दर्जिले ६ मीनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण पदक प्राप्त गरेको छ । गणेश माविका सनम साहनीले ६ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेर रजत र चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको अंशु गिरीले ७ मीनेट ६ सेकेण्डमा दुरी पार गरेर कास्य पदक प्राप्त गरेको छ ।

१ सय मिटर दौडमा छात्र र छात्रा तर्फ गणेश माविले स्वर्ण पदक जितेको छ । छात्रतर्फ गणेश माविका प्रतिक थापाले स्वर्ण जितेका हुन् । अमर आदर्शका उज्वल रुचालले रजत र न्यू एभरेण्ट एकेडेमीका प्रदिप परियारले कास्य पदक जिते । त्यस्तै छात्रातर्फ गणेश माविको पुनम पौडेलले स्वर्ण, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको रिवा ठकुरीले रजत र युएस एकेडेमीको साधना आचार्यले कास्य पदक जितिन् ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार भलिबलका ४ खेल सम्पन्न भएका छन् । पहिलो खेल न्यु ओएसिस माविले कालिका कन्या माविलाई दुइ सेटमा पराजित ग¥यो । न्यु ओएसिसले २५–१७ र २५–१५ को सेटमा खेल जितेको थियो । दोश्रो खेलमा कुडुँले माविलाई हराएर धवलागिरि वीरेन्द्र मावि विजयी भयो । धवलागिरी माविले २५–१३ र २५–९ को सेटमा जित हात पारेको थियो ।

त्यस्तै, होलीचाइल्ड बोर्डिङ स्कुलले न्यू एभरेष्ट एकेडेमीलाई पनि सोझो दुइ सेटमा पराजित ग¥यो । होली चाइल्डले २५–८ र २५–६ को सेटमा खेल जितेको थियो । चौथो खेलमा रुद्रे पिपल माविले तितौरे माविलाई पराजित ग¥यो । रुद्रेपिपलले २५–१९ र २५–१२ को सेटमा खेल जितेको हो ।

तीन दिनसम्म चल्ने खेल प्रतियोगितामा ७० इभेन्टका ५ सय मेडलका लागि १ हजार ५ सय खेलाडीले भाग लिएका थिए । शनिबार छात्रछात्रा तर्फका भलिबल खेल हुनेछन् । भलिबल प्रतियोगिताका लागि छात्रातर्फ ९ र छात्र तर्फ २० टिम छन् । खेलका लागि नगरपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तस्वीर:आदर्शसंचार र खबरवेबाट

 

 

प्रतिक्रिया दिनुहोस्