४ जेष्ठ २०८१, शुक्रबार

 

समाजवादी मोर्चा म्याग्दीको सन्देश सभा सम्पन्न

बागलुङ । समाजवादी मोर्चा नेपाल म्याग्दी जिल्लाको सन्देश सभा सम्पन्न भएको छ । शनिबार बेनी बजारमा उक्त सन्देश सभा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धौलागिरि व्युरो इन्चार्ज विकिरण सीले जानकारी दिनु भयो ।

कार्यक्रमा एकिकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष तथा समाजवदाी मोर्चाका सचिव प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य भरत सी, जनता समाजवादीको केन्द्रीय सदस्य निर्मल जिसी, नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य राजन सी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य विनोद केसी, एकिकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्द सुवेदीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका म्याग्दीका अध्यक्ष तथा समाजवादी मोर्चा म्याग्दीका संयोजक रेशम जुकजालि मगरको अध्यक्षता, युवा संघको केन्द्रीय अध्यक्ष कृष्ण विकको स्वागत र नेपाल कम्युनिष्ट पार्टी विशेष कमिटि सदस्य गोपाल सीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्