२० बैशाख २०८१, बिहीबार

 

कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको अध्यक्षमा दलबहादुर कार्की

बागलुङ । कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको चौधौं वार्षिक साधारण तथा पाचौं अधिवेशनले दलबहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार बागलुङ बजारमा भएको पाचौं अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको होे । समितिको उपाध्यक्षमा गोकुल प्रसाद कँडेल, सचिवमा प्रेम लाल गौतम, सहसचिवमा रविन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा मातृका आचार्य रहेका छन् ।

सदस्यहरुमा मुरारी गैरे, युगेन्द्र श्रेष्ठ, नन्दकलि अधिकारी, मनोज कुमार साह, उमानाथ गौतम, करुणा खड्का र कानुनी सल्लाहकारमा अधिवक्ता गोविन्द प्रसाद वझा रहेका छन् । नवनिर्वाचित समितिलाई निर्वतमान अध्यक्ष रामचन्द्र शर्माले शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्