२४ बैशाख २०८१, सोमबार

 

बागलुङमा मनाइयो ६२ औं नर्सिङ दिवस

बागलुङ । ६२ औं नेपाल नर्सिङ दिवस विविध कार्यक्रमसहित धौलागिरि अस्पतालमा सोमबार मनाइएको छ ।

नर्सिङ दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान र १३ जना नर्स तथा अन्य व्यक्तिहरुले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा नर्सहरुले गीत, नृत्य र विभिन्न स्वास्थ्यसँग सम्वन्धित प्रदर्शनी राखेका थिए ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिको सदस्य कृष्ण शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । नर्स विना स्वास्थ्य सेवाको कल्पना पनि गर्न नसकिने व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बताउनु भयो । नर्सिङ पेशा जिम्मेवार र मर्यादित पेशा भएको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा लक्ष्मी जिसी कार्की, प्रमुख मेडिकल सुपरिटेण्डेन डा. रवि रन्जन प्रधान, डा. अमित ढुंगाना, अस्पताल नर्सिङ निरीक्षक मिलन बरुवालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वरिष्ठ नर्सिङ अधिकृत शान्ती भण्डारीको अध्यक्षता, अस्पताल नर्सिङ निरीक्षक मिलन वरुवालको स्वागत र स्टार्फ नर्स सरला शर्मा लामिछाने र सुमित्रा ढकालले संचालन गर्नु भएको थियो । धौलागिरि अस्पतालमा कार्यरतस्टाफ नर्स दिपा पुनलाई विदाई गरिएको थियो ।

नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ ।

नेपालमा नर्सिङ्ग पेसा व्यावसायिक बन्न सकिरहेको छैन भने नर्सहरु न्यून पारिश्रमिकमा काम गरिरहेका छन् ।नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुन्छ तर सरकारले यो पेशालाई सहि ढंगले व्यवस्थापन गर्न सकेको छैन ।

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वंयस्वेवी रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेसागत सुरक्षाको अझै प्रत्याभूत हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्