१६ बैशाख २०८१, आईतवार

 

धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको चौथो साधारण सभा सम्पन्न

बागलुङ । धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको चौथो वार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

कार्यक्रममा धौलागिरी अटोमोबाईल्स व्यवसायी संघका सल्लाहकार लक्ष्मणश्री, कानुनी सल्लाहकार अधिवक्ता हरिकृष्ण सुवेदी, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिव राजु शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुपेन्द्र शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा अटोमोबाईल्स क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु हुने व्यवसायीहरु रामबहादुर खड्का, लोकबहादुर खड्का, बुद्ध बोहरा, देवेन्द्र पौडेल, समुद्र किसान, राम विनय गिरी, तुल प्रसाद तुलाचन र मेकानिक नविन गोश्वामीलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको अध्यक्ष शिव शंकर शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष चित्रबहादुर केसीले र संचालन सचिव राजु शर्माले गरेका थिए ।

विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाईल्स व्यवसायी संघमा ६७ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट ४ सय ५० जना श्रमिकले रोजगारी पाएका छन् ।

‘प्रत्येक संचालकलाई १० लाख र श्रमिकको ७ लाखको दुर्घटना विमा गरिएको संघका अध्यक्ष शिव शंकर शाहले नयाँ विश्वलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्