२७ बैशाख २०८१, बिहीबार

 

दीपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले  माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव दीपेश पुनसँग बयान लिएको छ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग पुनको संम्बन्ध देखिएपछि आइतबार आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर बयान लिएको हो।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पनि उनीसँग बयान लिएको थियो । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

दावा पुर्पक्षका लागि थुनामा छन्।यसअघि आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल, व्यवसायी भीमकान्त भण्डारी लगायतसँग पनि बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्