१५ बैशाख २०८१, शनिबार

 

पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन पक्राउ, अनुसन्धान गर्न भैरहवा लगियो

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुन काठमाडाको टोखाबाट पक्राउ परेका छन् ।

उनलाई अनुसन्धानको लागि भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।

रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ हिनामिना गरी बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी दिएका थिए ।

उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप पनि छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो । ब्रेक शुमार्फत भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्