१६ बैशाख २०८१, आईतवार

 

ग्लोबल मनी वीकलाई सार्थकता दिन प्रभु बैंकको वित्तीय साक्षरता

बागलुङ । ग्लोबल मनी वीकको अवसरमा प्रभु बैंक बागलुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालयले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) मा सिप मुलक तालिम लिइरहेकाहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो। ‘प्लान योर मनी प्लान योर फ्युचर ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममार्फत वित्तीय साक्षरता तथा जागरणका कार्यक्रम गरेको प्रभु बैंकले जनाएको छ ।

कार्यक्रममा प्रभु बैंकका वरिष्ठ अधिकृत अधिकृत दीपक शर्माले वित्तीय साक्षरता सम्वन्धी प्रशिक्षण दिदै सहि तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान, मोबाइल बैकिङ, वित्तीय लक्ष्य निर्धारण लगाएतको बारेमा जानकारी दिनु भयो ।

साथै शर्माले उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजनाबारे जानकारी दिनु भयो ।

कार्यक्रममा धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) का परियोजना अधिकृत शालिकराम शर्माले सफल वन्न वित्तीय ज्ञान आवश्यक रहेको बताउनु भयो । सो कार्यक्रमको संचालन प्रभु बैंकका प्रदेश संचालन अधिकृत रेशम आचार्यले गर्नु भएको थियो ।

अघिल्ला वर्षजस्तै यस वर्ष पनि ग्लोबल मनी वीकका अवसरमा प्रभु बैंकले विभिन्न स्थानहरुमा कार्यक्रम गरिएको छ। कार्यक्रममार्फत विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान र सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने कार्य भएको छ ।

बिहीबार बागलुङ नगरपालिका-७ को विश्कर्मा माविका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।

साक्षरताले सहभागी व्यक्तिहरुलाई पैसा वा सम्पत्तिलाई परिचालन गर्ने ज्ञान वृद्धि गर्न, गर्नुपर्ने खर्चहरुको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्राप्त गर्न टेवा पुग्ने विश्वास लिईएको छ।

युवाहरुबीच वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च १८ देखि २४ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको प्रभु बैंक बागलुङ शाखाका वरिष्ठ अधिकृत दीपक शर्माले नयाँ विश्वलाई बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्