२३ बैशाख २०८१, आईतवार

 

बागलुङमा अटो रिक्सा दुर्घटना : एक जना पोखरा रिफर

बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा घाईते एक जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ । दुर्घटनामा घाइते बागलुङ नगरपालिका-३ रातामाटाका रोहिणिदत्त शर्मालाई पोखरा रिफर गरिएको हो ।

६८ वर्षीय शर्माको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको धौलागिरि अस्पतालका सूचना अधिकारी शान्ती भण्डारीले नयाँ विश्वलाई बताउनु भयो।

बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका थिए ।

दुर्घटनामा परी बागलुङ नगरपालिका ३ तातोपानी बस्ने वर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की साचि किसान र कास्की जिल्लाको मादी गाउँपालिका १२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियार घाइते भएका छन् ।

उनीहरुको धौलागिरि अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी दीपक बाबु केसीले बताउनु भयो । अटो चालक भने फरार रहेकोले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्