१९ बैशाख २०८१, बुधबार

 

बागलुङ समाजको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

समाजले बागलुङ नगरपालिका कार्यालय, धौलागिरि अस्पताल र गण्डकी मेडिकल कलेज पोखरासँगको समन्वयमा धौलागिरि अस्पतालमा शिविर आयोजना गरेको थियो । शिविर समापन कार्यक्रममा बोल्दे नगर उपप्रमुख राजु खड्काले जिवनको प्रमुख आधार स्वास्थ्य भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्नु भयो।

नागरिकको स्वास्थ्यप्रति नगर संवेदनशील रहेको बताउदै ग्रामीण भेगमा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रविन्द्र प्रसाद श्रेष्ठ, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रवी रञ्जन प्रधान, नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठको अध्यक्षता, सदस्य विश्व कुमारी श्रेष्ठको स्वागत र सचिव किस्मत मणि श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा शिविरमा सहभागि विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय संघसंस्थाहरुलाई सम्मान, प्रसंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका अवसरमा सात कार्टुन औषधी बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाललाई हस्तान्तरण गरिएको थियो । नगरमा औषधी अभाव रहेका र ग्रामीण स्वास्थ्य चौकीहरुमा आवश्यक भएकोले समाजले औषधी सहयोग गरेको हो ।

त्यस्तै गरि बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले बागलुङ नगरपालिका ४ पाखाथरमा रहेको गणेश प्राथमिक विद्यालयका ५३ जना विद्यार्थीहरुको लागि झोला वितरण गरेको छ । समाजका अध्यक्ष रसुमिला श्रेष्ठले विद्यालयका प्रधानाध्यापक सावित्री घर्तीलाई झोला हस्तान्तरण गर्नु भएको थियो ।

विसं २०३९ सालमा स्थापना भएको समाजले लामो समयदेखि शिक्षा, स्वास्थ्य, मावनता र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

दुई दिने स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका छन् । स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका १५ जना विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए। शिविरमा हाड जोर्नि, मुटु, पिशाव, महिला तथा स्त्री रोग संम्बन्धी विरामीहरुको बढी रहेका थिए ।

0

 

प्रतिक्रिया दिनुहोस्