४ जेष्ठ २०८१, शुक्रबार

 

अमलाचौरका आगलागीपीडितलाई माओवादी केन्द्रद्वारा आर्थिक सहयोग

 

बागलुङ नगरपालिका १२ अमलाचौरमा आगलागीबाट घर जलेका यदुनाथ पौडेलको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आर्थिक सहयोग गरेको छ ।

माओवादी केन्द्र वडा समिति बागलुङ नगरपालिका वडा नम्वर १२ को पहलमा शंकलन भएको २४ हजार २ सय आर्थिक सहयोग गरिएको हो ।

पौडेलको घरमै पुगेर माओवादी केन्द्रका केन्द्रिय सदस्य बलावती शर्मा लगाएतको टोलिले सहयोग हस्तान्त्रण गरेको थियो ।

जैमिनी नगरपालिका(१ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो बुधवार डाँडाखेत वस्तीमा प्रवेश गर्दा घरगोठ जलेका थिए ।

आगलागिबाट स्थानीय ददिराम पौडेलको गोठ र पशुचौपाय जलेका थिए ।

आगालागी भई पुर्णरुपमा घर गोठ जलेर क्षती भएका पौडेलको परीवारलाई थोरै भए पनि राहत होस भन्ने उदेश्यले सहयोग गरेको माओवादी केन्द्र बागलुङ नगर समितिका सहसचिव जिवन शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्