६ जेष्ठ २०८१, आईतवार

 

प्रधानमन्त्रीले चिनियाँ कम्पनीलाई दिए ईभीमा कर नबढ्ने आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय गाडीमा कर नबढ्ने आश्वासन दिनु भएको छ।

नेपाल भ्रमणमा आएका बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङले प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डलाई सोमबार भेटवार्ता गर्नु भएको हो ।

बजेटको तयारी भइरहँदा चिनियाँ ईभी निर्माता बीवाईडीका एसिया प्यासिफिक प्रतिनिधि र नेपाली बिक्रेतासँग भेट गर्दै कर नबढ्ने आश्वासन दिनु भएको हो।

प्रधानमन्त्रीले विद्युतीय गाडीमा कर नबढाउने आश्वासन दिनुभएको छ’, बीवाईडीकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भन्नु भयो।

नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका प्रतिनिधिलाई प्रधानमन्त्रीसँग भेट गराउनु भएको हो । लिउले नेपालका लागि चिनियाँ राजदूतसँग भेट गरिसक्नु भएको छ।

नेपालमा बीवाईडी गाडी बिक्रेतामा दोस्रो नम्बरमा छ। अट्टो ३, डल्फिन, इ ६ नेपालमा गुडिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्