४ श्रावण २०८३, सोमबार

 

नेपाल उद्योग व्यापार महासंघ र सोङगोक विश्व विद्यालयबीच एमओयु सम्पन्न

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ र दक्षिण कोरिया स्थित सोङगोक विश्व विद्यालयबीच बिहीबार एक कार्यक्रमका बीच एमओयू सम्पन्न भएको छ ।

आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।

नेपाली विद्यार्थीहरुका लागि विभिन्न तालिम लिने अवसर प्रदान हुने छ, त्यसै गरि हाईब्रिड सिड, स्मार्ट एग्रिकल्चर, कस्मेटिक प्रोडक्टस् र संभावना भएका उत्पादन क्षेत्रहरूको पहिचान गरी अन्तरक्रिया, गोष्ठी, सेमिनार र सिपमुलक तालिमहरू नेपालमा संचालन गरिने सम्झौतामा उल्लेख छ ।

महासंघका तर्फबाट अध्यक्ष खिम लाल भण्डारी र सोङगोक विश्वविद्यालयका तर्फबाट अध्यक्ष वाङडुक याङले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौताले उद्योग र व्यापारको विभिन्न क्षेत्रमा चाहिने दक्ष जनशक्तिको पहिचान गरी नेपालमै उत्पादन गर्न धेरै सहज हुने महासंघका महासचिव खेम नारायण पराजुलीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung