२ कार्तिक २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको पदस्थापन कार्यक्रम सम्पन्न

बागलुङ । लायन्स क्लव अफ बागलुङ कालिगण्डकीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२४ र ०२५ का लागि निर्वाचित अध्यक्ष सुवास पन्तलाई निवर्तमान अध्यक्ष शेखर खड्काले पद हस्तान्त्रण गर्नु भएको थियो ।

त्यस्तै सचिव प्रकाश केसीलाई निवर्तमान सचिव सञ्जय श्रेष्ठ र कोषाध्यक्ष सुवास आचार्यलाई निवर्तमान कोषाध्यक्ष प्रकाश केसीले पद हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक इन्टरनेशलन रिलेशन चिफ काजिमान गुरुङले लायन्स क्लब नेतृत्व र भातृत्वको लागि महत्वपूर्ण रहेको भन्दै सामाजिक क्षेत्रमा काम गर्न चाहनेलाई उपयुक्त माध्यम बन्ने बताउनु भयो ।

संसारले मानेको संस्था लायन्सलाई विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गर्न आग्रह गर्नु भयो । गुरुङले लायन्स क्लवको बारेमा बुझेर लाग्न जरूरी रहेको भन्दै बुझेर लाग्नेले क्लव नछाड्ने बताउनु भयो ।

कार्यक्रममा डिष्ट्रिक कोअर्डिनेटर दुर्गा कँवर, डिष्ट्रिक कोचिफ अनुप रिजाल, डिपार्टमेन्ट को चिफहरु श्याम प्रसाद शर्मा, दल थापा, रिजन चियर पर्शन नारायण प्रसाद आचार्य, जोन चियर पर्शन अस्मिता गौतम, लियो क्लव अफ बागलुङ कालिगण्डकीका प्रेसिडेन्ट सुगम खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रमको अध्यक्षता वर्ष २०२३ र २०२४ का अध्यक्ष शेखर खड्काको अध्यक्षता र सचिव सञ्जय श्रेष्ठको संचालन तथा दोश्रो चरणको कार्यक्रम लयन वर्ष २०२४ र २०२५ का नवनिर्वाचित अध्यक्ष सुवास पन्तको अध्यक्षता र सचिव प्रकाश केसीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा झण्डाको अभिवादन उपाध्यक्ष लखन थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung