बागलुङ । गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २४ घण्टा समय सिमा तोकि गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ ।
गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी प्रयोजनका सवारी साधनलाई सार्वजनिक सवारी साधन सरह यात्रु ओसार पसार गर्न पाउने नीति ल्याउन लागेको भन्दै यातायात व्यवसायीहरूले विरोध गर्दै यातायात ठप्प पारेका छन् ।राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् ।
गण्डकी प्रदेश सरकारलाई ७ बुदे माग बुझाएको तर त्यसलाई सम्बोधन नगरि बेवास्ता गरेको भन्द धौलागिरि क्षेत्रका १० वटा विभिन्न यातायात व्यवसायीहरूले श्रावण १२ गते ऐक्यबद्धता पत्र प्रकाशित गरेर श्रावण १३ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश र सार्वजनिक यातायात महासंघ गण्डकी प्रदेश लगायतका मजदुर संगठनका प्रेस विज्ञप्तिलाई ऐक्यबद्धता जाहेर गर्दै म्याग्दी ,बागलुङ, पर्वत मुस्ताङ लगायत गण्डकी प्रदेश भरी कुनै पनि सार्वजनिक सवारी साधनहरू संचालन नहुने जनाएको छ ।
आज विहानदेखि बस, जिप र ट्राक्सीको सेवा बन्द भएको छ । सार्वजनिक सवारी साधन घर घरमा अथवा ग्यारेजमा राखि आन्दोलनमा सरिक हुन सम्पूर्ण मजदुर तथा व्यवसायीलाई अनुरोध गरेको छ ।
अहिले भएको आन्दोलनबाट आम सर्वसाधारणलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी भएको भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धौलागिरि कालिका यातायात प्रालिका अध्यक्ष जयन्द्र राज पन्त, बेनी यातायात सेवा प्रालिका सञ्चालक भोजबहादुर थापा, बागलुङ भगवती यातायात प्रालिका सञ्चालक राजकुमार पौडेल, गौरीधाम यातायात प्रालिका सञ्चालक सरोज केसी, निमिसा यातायात प्रालिका सञ्चालक दिपेन्द्र सुवेदी, पञ्चकोट यातायात सेवा प्रालिका सञ्चालक गोविन्द साकि, कालिका यातायात प्रालिका सञ्चालक प्रेमबहाुदर किसान, बुर्तिबाङ ढोरपाटन यातायात प्रालि सञ्चालक विनोद भण्डारी, धौलागिरि गण्डकी यातायात प्रालिका सञ्चालक उमाकान्त शर्मा, धौलागिरि अञ्चल यातायात प्रालिका अध्यक्ष सन्तबहादुर पाख्रीनले वक्तव्य प्रकाशित गरेर गण्डकी प्रदेश सरकारको निर्णय सच्याउन माग गर्दै यातायात सेवा ठप्प पारेको हो ।
प्रदेश सरकारले आफनो गलत निर्णय सच्याउन र यातायात व्यवसायीका माग सम्बोधन गर्नु पर्ने धौलागिरि गण्डकी यातायात प्रालिका सञ्चालक उमाकान्त शर्माले नयाँ विश्वलाई बताउनु भयो ।









तस्बिर : दिनेश जिसी













































































































































































































