काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा बागलुङमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाइएको छ ।
बुधबार आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको श्रीमुक्तिनाथ वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरुलाई दश हजार रुपैयाँको शैक्षिक सामग्री वितरण गरिएको आईएमई लाइफ इन्स्योरेन्सका शाखा प्रमुख ईन्द्रा शर्मा सापकोटाले नयाँ विश्वलाई बताइन् ।
कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाकी एजेन्सी मेनेजर ममता देवी शर्माले विमाले जोखिम न्युनिकरण गर्ने भएकोले यस बारेमा सबै जना सचेत हुनु पर्ने बताइन् ।
उनले सामाजिक उत्तरदायित्व अन्तर्गत आज विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बताइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम आईएमई लाइफ इन्स्योरेन्सकी शाखा प्रमुख ईन्द्रा शर्मा सापकोटाको अध्यक्षता, स्वागत एजेन्सी मेनेजर निर्मला शर्मा अधिकारीले र बागलुङ शाखाका एजेन्सी मेनेजर सीता देवी सापकोटाले सञ्चालन गर्नु भएको थियो ।

















































































































































































