९ कार्तिक २०८३, आईतवार

 

विद्यामन्दिर पुस्तकालयले बन्दीलाई दियो पुस्तक उपहार

बागलुङ । १७औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामन्दिर पुस्तकालय, बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासत रहेका बन्दीका लागि बिहीबार पुस्तक हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई पुस्तकालयका कार्यवाहक प्रधान संरक्षक लालचन्द्र राजभण्डारी, सल्लाहकार श्याम श्रेष्ठ र इश्वर मलेपतीले पुस्तक उपहार दिनु भएको थियो ।

“बन्दीलाई मानविय ज्ञानको चेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक उपहार दिएको” पुस्तकालयका कार्यवाहक मुख्य संरक्षक लालचन्द्र राजभण्डारीले बताउनु भयो।

प्रहरी उपरीक्षक कँडेलले “आफू स्वंय नियमित पुस्तक पढ्ने पाठक भएको र हिरासतका बन्दीको लागि व्यवस्थित पुस्तकालय निर्माण गर्न लागि रहेको” बताउनु भयो ।

“हिरासतका बन्दीको सोच र व्यवहार परिवर्तन गर्न प्राप्त पुस्तक उपयोगी हुने र पुस्तक उपलब्ध गराउनु भएकोमा परिवारलाई धन्यवाद दिनु चाहान्छु” प्रहरी उपरीक्षक कँडेलले भन्नु भयो ।

पुस्तकालयले ७ हजार २ सय ८७ रुपैयाँको २४ वटा पुस्तकहरु र सल्लाहकार श्याम श्रेष्ठले २५ सय रुपैयाँको ५ वटा पुस्तक उपलब्ध गराएका थिए ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता र उपाध्यक्ष रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung